लन्डन । बालगृहको सहयोगार्थ बेलायतमा भोलि ७ अगस्टमा चुड्का/कौडा किङ दुर्गा गुरुङको एकल साँझ हुँदैछ ।
चण्डिका लाल अमर बालगृहको सहयोगार्थ ‘दुर्गा गुरुङ एकल साँझ २०२६’ हुन लागेको हो । कार्यक्रम ह्यारोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा बेलुकी ७ बजेदेखि हुने कार्यक्रम संयोजक गुड्डु गुरुङ (पार्वती)ले जानकारी दिएकी छन् ।
कार्यक्रमबारे थप जानकारी आवश्यक परे रेस्टुरेन्ट सन्चालक देव गुरुङलाई समेत फोन गर्न सकिने जनाइएको छ ।
दुर्गा गुरुङ सांगीतिक कार्यक्रमको सिलसिलामा अचेल बेलायतमै छन् । गायक दुर्गाले यूकेवासी बाबाआमा, दाजुभाइ, छोराछोरी, दिदीबहिनी,भान्जाभान्जी,ङोलो ङोल्स्यो, यूकेमा संगठित संघ संस्थाका अध्यक्षलगायत सम्पूर्ण परिवार साथै सम्पूर्ण नेपालीहरुमा हार्दिक निमन्त्रणाका साथै चुल्हो निम्तो दिएका छन् ।






