लन्डन। तामाङ समाज यूकेको आयोजनामा पहिलो पटक सम्पन्न भएको तामाङ फेस्टिभल लन्डन २०२६ मा प्रस्तुति दिएर गायक राजुु लामा नेपाल फर्किएका छन् ।
गायक लामा बिहीबार ६ अगस्टमा लन्डनस्थित हिथ्रो एयरपोर्ट हुँदै स्वदेश प्रस्थान गरेका हुन् । उनको बिदाइमा तामाङ समाजका पदाधिकारी, कलाकार, शुभचिन्तक एयरपोर्ट पुगेका थिए ।
अगस्ट १ मा भएको तामाङ फेस्टिभलका लागि गायक लामा तारिखमा लन्डन आएका थिए ।






