तमु समाज यूकेको आयोजनामा गुरुङ भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बहुप्रतीक्षित गुरुङ चलचित्र “मार्कली” को विशेष (भिआइपी) प्रदर्शन हुने तमु समाज युकेका संथापक अध्यक्ष तथा संरक्षक चित्र बहादुर गुरुङले जानकारी दिनुभएको छ।
यस चलचित्रले गुरुङ समुदायको मौलिक जीवनशैली, पारिवारिक सम्बन्ध र सामाजिक मूल्य-मान्यतालाई भावपूर्ण रूपमा प्रस्तुत गरिएको यस चलचित्रले समुदायको पहिचानलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।
पाइला फिल्म प्रा.लि. को ब्यानरमा निर्माण भएको यस चलचित्रमा माओत्से तुङ गुरुङ र बलबहादुर गुरुङको लेखन तथा निर्देशन रहेको छ भने अर्जुन गुरुङले सहनिर्देशन गर्नुभएको छ। चलचित्रमा बलबहादुर गुरुङ, अर्चना गुरुङ, गणेशमान घले, आश्मी गुरुङ, राजु गुरुङ, र बबिता गुरुङ लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।
उक्त चलचित्रको विशेष प्रदर्शन आगामी आइतबार, ६ सेप्टेम्बर २०२६ का दिन दिउँसो १:०० बजे बार्हम पार्क, 660 Harrow Road, Wembley, HA0 2HB वेम्बलीस्थित तमु समाज यूकेको समाज घरमा हुने जनाएको छ।
तमु समाज यूकेले सम्पूर्ण गुरुङ तथा नेपाली समुदायलाई परिवार र साथीभाइसहित उपस्थित भई मौलिक संस्कृतिको प्रवर्द्धनमा साथ दिन र चलचित्रको सफलतामा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ।






