बेलायतमा तामाङ फेस्टिभल सकेर सेलो गायक विश्व दोङ लागे पोर्तुगलतर्फ

SHARE:

लन्डन । सेलो गायक विश्व दोङ पोर्तुगलतर्फ लागेका छन् ।

तामाङ समाज यूकेले १ अगस्टमा आयोजना गरेको ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’मा प्रस्तुति दिएर गायक दोङ शुक्रबार ७ अगस्टमा लिस्बोन पर्तुगलका लागि प्रस्थान गरेका हुन् । उनलाई बिदाइका लागि तामाङ समाज यूकेका पदाधिकारी लगायत एयरपोर्ट पुगेका थिए ।

पोर्तुगल जाँदै गर्दा सामाजिक सञ्जालमा गायक दोङले लेखेका छन्, ‘कार्यक्रम सँगसँगै ईष्टमित्रहरुसँग छोटो, मिठो भेटघाट गर्न मौका जुराउनु हुने र यति राम्रो व्यवस्थापनको लागि पनि तामाङ समाज यूकेलाई फेरि पनि धेरै धेरै धन्यवाद । सबैमा धेरै धेरै माया अनि सम्झना ।’

गायक दोङसहित मनमाया वाइबा र जितु लोप्चन साउन १३ बुधबार लन्डन आएका थिए । मनमाया र जितु बेलायतमै विभिन्न पर्यटकीय स्थलहरु घुमघाममा व्यस्त छन् ।

तामाङ फेस्टिभलका लागि आएका चर्चित गायक राजु लामा बिहीबार ६ अगस्टमा लन्डनस्थित हिथ्रो एयरपोर्ट हुँदै स्वदेश गएका छन् । उनको बिदाइमा पनि तामाङ समाजका पदाधिकारी, कलाकार, शुभचिन्तक एयरपोर्ट पुगेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!