यस्तो भयो तनहुँ समाज यूकेको १९ औं वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रम [तस्बिरहरु]

SHARE:

लन्डन । तनहुँ समाज यूकेको १९ औं वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

शनिबार ८ अगस्ट २०२६ का दिन बेलायतको अल्डरशटस्थित अल्डरवुड लेजर सेन्टरमा विभिन्न सांगीतिक प्रस्तुतिसहित समाजको वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रम भएको हो ।

‘संस्कृति, भाषा र पहिचान : हाम्रो गौरव, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नेपालका वरिष्ठ लोकगायक प्रेमराजा महत, कौराहा किङ दुर्गा गुरुङ, लोकदोहोरी गायिका शर्मिला गुरुङ, रुपी सिंजाली मगर, शर्मिला गुरुङ सरु, मनसुधन थापा मगर लगायतका चर्चित कलाकारहरूले विशेष सांगीतिक रह्यो ।

कार्यक्रममा सुनचाँदी गहनाका पुरस्कार सहितको राफल ड्र, स्वादिष्ट नेपाली खानाका परिकारहरू (स्टार्टर र मेन कोर्ससहित) को व्यवस्था गरिएको थियो। साथै, उच्चशिक्षा हासिल गरेका बाबु नानीहरू, नयाँ लाइफ मेम्बरहरू र विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकाहरूलाई सम्मान तथा प्रशंसापत्र वितरण गरिएको समाजका महासचिव महेन्द्र आलेले जानकारी दिएका छन् ।

कार्यक्रम समाजका अध्यक्ष सन्तबहादुर गुरुङको अध्यक्षतामा भएको हो ।

 

0

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!