बेलायत – विश्वकीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्सदाइ) एमबिइको शव पाकिस्तानको इस्लामावादबाट बेलायत आइपुगेको निम्सदाइका साइँला दाजु कमल बहादुर पुर्जाले जानकारी दिएका छन्।
निम्सदाइको पार्थिव शरीर विशेष विमानद्वारा बेलायतको विशेष फौजको सुरक्षा निगरानीमा गत आइतबार ९ अगस्ट २०२६ का दिन बेलायत आइपुगेको हो।
निम्सदाइको अन्तिम अन्त्येष्टि बुधबार २६ अगस्ट २०२६ का दिन बिहान १०:३० बजे बेलायतको पुलस्थित स्पेसल बोट सर्भिस रहेको स्थानमा हुने भएको छ।
निम्सदाइको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न इच्छुक महानुभावहरूले पूरा नाम, पद तथा भूमिका र सवारी साधनको विवरण खुलाएर आफ्नो सम्बन्धित सङ्घ तथा समाजमा दर्ता गराउन एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले अनुरोध गरेका छन्।






