अनलाइनबाटै वरबधूको खोजी

SHARE:

काठमाडौँ : के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? यदि तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ र आमाबुबाले मागी विवाहको प्रबन्ध गरिदिनु भएको छैन भने अब अनलाइन पोर्टलमार्फत वरबधु खोज्न सक्नु हुनेछ ।www.myswayambar.com नामक अनलाइन पोर्टलको प्रारम्भ भएपछि आमाबुबाको मागी बिहे प्रबन्ध कुर्नु नपर्ने भएको हो । राष्ट्रियसभाका सदस्य कोमल ओलीले उक्त पोर्टलको आज यहाँ शुभारम्भ गरेपछि संसारभरि छरिएर रहेका नेपालीले आवेदन भर्ने, आफूलाई चित्त बुझ्ने योग्यता भएका वरबधुको खोजी गर्न सक्ने भएको हो । नेपालीमा ‘मेरो स्वयम्बर’ नाम दिइएको सो अनलाइन पोर्टलको मुख्य उद्देश्य सनातन नेपालीको बैद्धिक परम्परा जगेर्ना गर्नुका साथै धार्मिक अनुष्ठानलाई सहज, सरल तथा सुखमय दाम्पत्य जीवन बनाउने तथा ज्योतिषी, वास्तु परामर्श दिने रहेको ‘गुरु मञ्जरी’ नामक संस्थाले जनाएको छ ।

सो अनलाइन पोर्टल नेपालका संयोजक मुकुन्द शर्माले सम्बन्धित देशको प्रचलित कानूनअनुसार वैवाहिक कानूनभित्र रहेर स्वतन्त्रता र गोपनीयतालाई उच्च सम्मान गर्दै विवाह गराउन मान्यताप्राप्त योग्य व्यक्तिबाट वरबधू खोजिदिने जानकारी दिए । त्यस अनलाइनको शुभारम्भ गर्दै राष्ट्रियसभाका सदस्य कोमल ओलीले नेपालको कला, संस्कृति तथा धर्मले नै मुलुकलाई पहिचान गरिरहेकाले यसलाई युवावर्गमा लानुपर्नेमा जोड दिए । उनले आफू कम्युनिष्ट पार्टीमा लागेको भए पनि हिन्दू धर्म, संस्कारमा अडिग रहेको बताउँदै हिन्दू धर्ममा गरिने यज्ञ तथा कर्मकाण्डले नै हिन्दू धर्मलाई जोगाइराखेको प्रष्ट पारे ।

वरबधू खोजीमा रहेका व्यक्तिले उक्त वेबसाइटमा गएर आफूले खोजेको योग्यता पुगेको व्यक्तिको सूचना ग्रहण गर्ने, आफ्नो निवेदन दर्ता गर्ने र आफूले दिनुपर्ने सूचना दिएपछि पोर्टलका कर्मचारीले सुहाउँदो वरबधूको खोजी गरी निवेदकलाई सूचना दिइने जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!