लन्डन । मगर संघ यूकेले विश्वकीर्तिमानी हिमाल आरोही स्वर्गीय निर्मल पुर्जा ‘निम्सदाइ’को स्मृतिमा शोकसभा सम्पन्न गरेको छ। शोकसभा शुक्रबार १४ अगस्ट २०२६ का दिन बेलायतको फार्नबोरोस्थित मगर भवनमा सम्पन्न भएको हो।
शोकसभामा स्वर्गीय निम्सदाइका साइँला दाजु कमलबहादुर पुर्जा मगर, मगर संघ युकेका अध्यक्ष लालबहादुर पुन (लालु), कार्यसमितिका पदाधिकारी, संस्थापक तथा पूर्वअध्यक्षहरू, ट्रस्टीहरू, सल्लाहकारहरूलगायत उपस्थित सम्पूर्णले स्वर्गीय निम्स इको तस्बिरमा माल्यार्पण तथा खादा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
शोकसभामा संस्थापक अध्यक्ष थर्क राना मगर, पूर्वअध्यक्षहरू मेजर कुल थापा मगर र ले. सुनिल राना मगर तथा सल्लाहकार मेजर चित्र राना मगरले स्वर्गीय निम्सदाइको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका थिए ।
सो अवसरमा परिवारका तर्फबाट कमल पुर्जा मगरले आफ्नो कान्छा भाइ निर्मल पुर्जाको स्मृतिमा शोकसभा आयोजना गरिदिएकोमा मगर संघ युकेप्रति आभार व्यक्त गरेका थिए।
मगर संघ युकेका अध्यक्ष लालबहादुर पुन (लालु) को अध्यक्षतामा सम्पन्न उक्त शोकसभाको सञ्चालन महासचिव गोमन पुन मगरले गरेका थिए ।










