बेलायतमा श्रम संस्कृति समाज यूकेको विधान सभा सम्पन्न, विधान सर्वसम्मत पारित

SHARE:

  • नर थाम्सुहाङ

अल्डरसट । श्रम संस्कृति समाज यूकेको विधान सभा सम्पन्न भएको छ।

बेलायतको अल्डरसटमा १६ अगस्ट २०२६ मा समाजका संयोजक मनोज पुनको अध्यक्षतामा विधान सभा सम्पन्न भएको हो । सभामा विधान मस्यौदा समितिका संयोजक डा. महा राई, गठन पहल समितिका संयोजक राम इजमलगायत श्रम संस्कृति समाजका पदाधिकारी, सदस्य तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

सभामा विधान मस्यौदा समितिका संयोजक डा. महा राई र संयोजक मनोज पुनद्वारा प्रस्तुत विधान मस्यौदामाथि व्यापक छलफल गरिएको थियो । करिब पाँच घण्टासम्म चलेको छलफलका क्रममा केही धारा तथा उपधाराहरूमा आवश्यक परिमार्जन गरी विधानलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो ।

सभाको समापन गर्दै संयोजक मनोज पुनले आजको दिन श्रम संस्कृति समाज यूकेको लागि ऐतिहासिक दिन भएको बताए । उनले समाज स्थापना र विकासका विभिन्न चरणमा महत्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण महानुभावहरूको सपना आज पूरा भएको उल्लेख गरे । उनले आजको सभामा उपस्थित सम्पूर्ण महानुभावहरूका साथै विगतमा श्रम संस्कृति समाज यूकेलाई यहाँसम्म ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई संस्थापक सदस्यका रूपमा समेटिने घोषणा गरे ।

श्रम संस्कृति समाज यूकेलाई आधिकारिक मान्यता श्रम संस्कृति पार्टीले दिइसकेको उल्लेख गर्दै संयोजक पुनले छोटो समयमै संस्थाप्रति देखिएको आकर्षण उल्लेखनीय रहेको बताए । उक्त आकर्षणलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

संयोजक पुनले सम्भवतः आगामी १ नोभेम्बर २०२६ मा श्रम संस्कृति समाज यूकेको आयोजनामा भव्य कार्यक्रम गरिने जानकारी दिँदै उक्त कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा सांसद हर्कराज साम्पाङ बेलायतमा उपस्थित हुन सक्ने सम्भावना रहेको बताए ।

कार्यक्रमको औपचारिक सञ्चालन श्रम संस्कृति समाज यूकेका सचिव रुपेश कुमार काफ्लेले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!