३२औँ मगर प्रसारण दिवसको अवसरमा बेलायतवासी मनसुधन थापामगर सम्मानित

SHARE:

पोखरा । ३२औँ मगर प्रसारण दिवसको अवसरमा बेलायतवासी गायक मनसुधन थापामगर सम्मानित भएका छन् ।

नेपाल मगर पत्रकार संघ, कास्कीको आयोजनामा सोमबार सम्पन्न ३२औँ मगर प्रसारण दिवसको अवसरमा मनसुधन र मीना थापा मगर सम्मानित भएका हुन् । मनसुधन हाल बेलायतमा रहेकाले उनको सम्मानपत्र पनि मिनाले ग्रहण गरेकी थिइन् ।

मनसुधन र मिनलाई कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष सुरज थापा मगरलगायतले सम्मान प्रदान गरे ।

प्रतिभा छनोट समितिका संयोजक एम.बी आस्था मगर थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाका अध्यक्षसमेत रहेका मनसुधन थापा मगरले भने, ‘यत्ति महत्त्वपूर्ण कार्यक्रममा मलाई पनि सम्मान गर्नुभएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष सुरज थापा मगरज्यू, प्रतिभा छनोट समितिका संयोजक एम.बी आस्था मगरज्यू तथा सम्पूर्ण आयोजक परिवारप्रति विशेष धन्यवाद व्यक्त गर्दछु । साथै, मसँगै सम्मानित हुनुभएकी मीना थापा मगर बहिनीलाई पनि हार्दिक बधाई तथा शुभकामना । मेरो तर्फबाट सम्मान ग्रहण गरिदिनुभएकोमा बहिनीलाई विशेष धन्यवाद तथा आभार ।’

उनले यो सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि मगर भाषा, संस्कृति, पहिचान र पत्रकारिताप्रतिको योगदानको सम्मानका रूपमा लिएको बताए ।

वि.सं. २०५१ भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक मगर भाषामा समाचार प्रसारण भएको ऐतिहासिक दिनको स्मरणमा नेपाल मगर पत्रकार संघ कास्कीले विभिन्न कार्यक्रम गरी मगर प्रसारण दिवस मनाउँदै आएको छ ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!