लन्डन । नेपाल पत्रकार महासंघ यूकेले युरोपका अध्यक्ष केजिन राई परिवारलाई स्वागत तथा बिदाइ गरेको छ ।
बेलायत भ्रमणमा रहेका नेपाल पत्रकार महासंघ, युरोपका अध्यक्ष केजिन राई र परिवारलाई नेपाल पत्रकार महासंघ, यूकेको तर्फबाट एक कार्यक्रमबीच स्वागत तथा बिदाइ भेटघाट गरिएको हो । अध्यक्ष राई परिवारलाई यूके शाखाकी अध्यक्ष विमला सेने, सल्लाहकार तथा पुर्व अध्यक्ष नरेश खपाङ्गी मगर लगायतले खादा लगाएर स्वागत तथा बिदाइ गरे ।








