नेपाल नर्सिङ एसोसिएसन युकेको १८औँ वार्षिकोत्सव तथा च्यारिटी कार्यक्रम गर्दै

SHARE:

बेलायत – नेपाल नर्सिङ एसोसिएसन युके (एनएनए युके) ले आफ्नो स्थापनाको १८औँ वर्ष पूरा भएको अवसरमा एक विशेष च्यारिटी कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपालमा सेरेब्रल पाल्सी (मस्तिष्क पक्षघात) बाट पीडित बालबालिकाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन र उनीहरूका लागि फन्ड जुटाउने उद्देश्यसहित यो विशेष कार्यक्रम हुन लागेको एनएनए युकेका अध्यक्ष रश्मिता दर्लामी मगरले जानकारी दिएका छन् ।

एसजीसीपी नेपालसंगको सहकार्यमा सञ्चालित यस अभियानमार्फत बालबालिकाहरूलाई उनीहरूको आवश्यकताअनुसारका विशेष गतिशील सामग्रीहरू (कस्टम–मेड मोबिलिटी एड) उपलब्ध गराइनेछ। यस सहयोगले बालबालिकाहरूलाई आत्मनिर्भरता, सम्मान र अगाडि बढ्ने सुनौलो अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

विगत १८ वर्षदेखि एनएनए युकेले युकेमा कार्यरत नेपाली नर्सहरू र समग्र समुदायको हितमा उत्कृष्ट कार्य गर्दै आएको छ। संस्थाले युकेमा पेसागत विकास, स्वास्थ्य सचेतना, विशेष गरी कोभिड-१९ महामारीको समयमा मानसिक स्वास्थ्यसम्बन्धी पहलहरू तथा नर्सहरूको कल्याणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसका साथै, नेपालमा पनि जुम्लामा ‘मितरी प्रसूति केन्द्र स्थापना, सन् २०१५ को विनाशकारी भूकम्पका बेला राहत तथा चिकित्सा सहायता वितरण, र कोभिड महामारीका समयमा स्वास्थ्य सामग्री उपलब्ध गराउने जस्ता महत्वपूर्ण मानवीय कार्यहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

यो च्यारिटी कार्यक्रमले युके र नेपाल दुवैतर्फ जीवनस्तर सुधार्ने संस्थाको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ। यस परोपकारी तथा महत्वपूर्ण अभियानमा ऐक्यबद्धता जनाउन र बालबालिकाको मुहारमा खुसी ल्याउने यस कार्यलाई सहयोग गर्न सम्पूर्ण महानुभावहरूलाई उपस्थिति जनाउन हार्दिक अनुरोध गरिएको छ। च्यारिटी कार्यक्रम भएकाले सहभागी हुने सम्पूर्ण अतिथिहरूलाई सशुल्क पाहुनाको रूपमा सहभागी भई नेपालका बालबालिकाहरूका लागि मोबिलिटी-एड फन्डमा प्रत्यक्ष योगदान पुर्‍याउन आग्रह गरिएको छ।

कार्यक्रमको गरिमा बढाउन र संस्थाको सामाजिक तथा परोपकारी कार्यलाई समर्थन गर्न रशमोरका मेयर लगायत विशिष्ट काउन्सिलरहरूको समेत विशेष उपस्थिति रहनेछ। यहाँहरूको सक्रिय सहभागिताले विशेष सहयोगको आवश्यकता रहेका बालबालिकाहरूको जीवनमा दीर्घकालीन प्रभाव पार्नुका साथै हाम्रो समुदायको एकतालाई अझ सुदृढ बनाउनेछ।

कार्यक्रमबारे थप जानकारी आवश्यक परेमा आयोजकहरूसँग सम्पर्क गर्न सकिनेछ। कार्यक्रमको व्यवस्थापनलाई सहज बनाउन १८ अगस्ट २०२६ भित्र आआफ्नो उपस्थितिको जानकारी गरिदिनुहुन समेत अनुरोध गरिएको छ। अध्यक्ष दर्लामी मगरले यस परोपकारी निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा उपस्थित भई शोभा बढाइदिनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद तथा अग्रिम स्वागत टक्र्याइएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!