नुवाकोटको घलेगाउँमा लिपि तथा बौद्ध धर्म शिक्षा प्रशिक्षण हुँदै

SHARE:

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा आधारभूत सम्भोटा लिपि तथा बौद्ध धर्म शिक्षा प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ।

मोक्ष धर्मदिप च्यारिटी र घलेगाउँ सांस्कृतिक केन्द्रको सहकार्यमा आयोजना हुने प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा धर्मगुरु तुल्कु धावा नोर्बु रिन्पोछे प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ।

कार्यक्रम प्रमुख अतिथि रिन्पोछे र पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले संयुक्त रुपमा उद्घाटन गरिने जनाइएको छ।

कार्यक्रम २०८३ भदौ ४ गते बिहीबार दिउँसो १२ बजे पञ्चकन्या गाउँपालिका–३, घलेगाउँमा आयोजना हुनेछ।

सम्भोटा लिपि तथा बौद्ध धर्मसम्बन्धी आधारभूत ज्ञान र शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सम्बन्धित क्षेत्रका व्यक्तित्व, स्थानीय बासिन्दा तथा इच्छुक सबैलाई उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!