लन्डनमा १७औँ नेपाली मेला हुँदै, ८० भन्दा बढी संघसंस्था सहभागी हुन आमन्त्रण

SHARE:

लन्डन । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित तमु धीं यूकेले आयोजना गर्दै आएको १७औँ नेपाली मेला–२०२६ आगामी अगस्ट ३० आइतबार लन्डनस्थित केम्पटन पार्क रेसकोर्समा हुने भएको छ।

नेपाली संस्कृति, रीतिरिवाज, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली मेला आयोजना हुँदै आएको आयोजकले जनाएको छ। तमु धीं यूकेले नेपाली दूतावाससँगको सहकार्यमा सन् २००९ देखि नेपाली मेला आयोजना गर्दै आएको हो।

यस वर्षको मेलामा बेलायतमा रहेका ८० भन्दा बढी विभिन्न जातजाति, समुदाय तथा संघसंस्थालाई सहभागिताका लागि आमन्त्रण गरिसकेको वरिष्ठ उपाध्यक्ष परशु गुरूङले जानकारी दिएका छन् । मेलामा सांस्कृतिक प्रदर्शनीसँगै झाँकी र नृत्य प्रतियोगिता समेत आयोजना हुनेछ।

प्रतियोगिताका विजेता, उपविजेता तथा सान्त्वना पुरस्कारको व्यवस्था गरिएको छ।

झाँकी प्रस्तुतिमा विजेतालाई एम्बास्डर कप र नगद पुरस्कार १५ सय पाउन्ड दिइनेछ ।

मेलामा विभिन्न समुदायका सांस्कृतिक प्रस्तुति, झाँकी तथा नृत्यसँगै विभिन्न स्टलहरूको अवलोकन गर्न सकिनेछ।

तमु धीं यूकेले बेलायतवासी सम्पूर्ण नेपालीलाई परिवारसहित मेलामा सहभागी भई नेपाली कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा साथ दिन आग्रह गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!