नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले भने – रोकिएका कामलाई अगाडि बढाउनेछु

SHARE:

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा रोकिएका तथा कार्यान्वयनमा समस्या देखिएका विकासका कामलाई गति दिने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँले नागरिकको आवश्यकता पहिचान गरी पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । स्थानीय तहमा वडाध्यक्ष र प्रदेशको स्वास्थ्यमन्त्रीका रूपमा काम गर्दा प्राप्त अनुभवलाई प्रदेशको विकासमा उपयोग गर्ने उहाँको भनाइ थियो ।

प्रदेशका १३ जिल्ला, ११९ स्थानीय तह र एक हजार १२१ वडाको भौगोलिक तथा विकासको अवस्थाबारे आफू जानकार रहेको उल्लेख गर्नुहुँदै उहाँले आवश्यकताका आधारमा विकास कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

“कुन क्षेत्रमा पूर्वाधार आवश्यक छ, शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ तथा नागरिकले कसरी सेवा पाइरहेका छन् भन्ने विषयमा म जानकार छु”, उहाँले भन्नुभयो, “अड्किएका र रोकिएका कामलाई अगाडि बढाउनेछु ।”

मुख्यमन्त्री थापा मगरले प्रदेशका मन्त्रालयको संरचना, कर्मचारी दरबन्दी र प्रदेश सचिवहरूको व्यवस्थापन शीघ्र गरिने बताउनुभयो । यसअघि कायम १४ मन्त्रालयलाई गाभेर आठवटा बनाइएपछि संरचना तथा कर्मचारी व्यवस्थापनका केही काम बाँकी रहेको उहाँको भनाइ थियो ।

गाभिएका मन्त्रालयलाई व्यवस्थित गरी प्रत्येक मन्त्रालय एउटै स्थानबाट सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । मन्त्रालयको सङ्ख्या तत्काल बढाउने सोच नरहेको स्पष्ट पार्नुहुँदै उहाँले आवश्यकता देखिएमा सत्ता साझेदार तथा प्रतिपक्षी दलसँग छलफल गरेर निर्णय गरिने बताउनुभयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!