नुवाकोटको घलेगाउँमा आधारभूत सम्भोटा लिपि तथा बौद्ध धर्म शिक्षा प्रशिक्षण शुभारम्भ [हेरौं १२ तस्बिरहरु]

SHARE:

घलेभन्ज्याङ । श्री मोक्ष धर्मदिप च्यारिटी र घलेगाउँ साँस्कृतिक केन्द्रको सहकार्यमा आधारभूत सम्भोटा लिपि तथा बौद्ध धर्म शिक्षा प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको छ।

२०८३ भाद्र ४ गते आयोजित कार्यक्रममा श्रद्धेय धर्मगुरु टुल्कु धावा नोर्बु रिन्पोछेको प्रमुख आतिथ्यता रहेको थियो। घलेगाउँ साँस्कृतिक केन्द्रका अध्यक्ष लालबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न गुम्बाका प्रमुख संरक्षक, लामागुरु, स्थानीयवासी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा श्री मोक्ष धर्मदिप च्यारिटीका अध्यक्ष लाक्पा तामाङ लामाले मन्तव्य राख्दै सम्भोटा लिपि तथा बौद्ध धर्म शिक्षाको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामाझ विस्तार गर्न प्रशिक्षण कार्यक्रम महत्त्वपूर्ण रहेको बताए ।

प्रमुख अतिथि श्रद्धेय धर्मगुरु टुल्कु धावा नोर्बु रिन्पोछेले सम्भोटा लिपिको विकास, संरक्षण तथा विस्तारका विषयमा महत्त्वपूर्ण प्रवचन दिएका थिए । उनले सम्भोटा लिपि बौद्ध धर्म तथा हिमाली संस्कृतिसँग जोडिएको महत्त्वपूर्ण सम्पदा भएकाले यसको अध्ययन र संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

घलेगाउँ साँस्कृतिक केन्द्रको आयोजनामा सञ्चालन हुने प्रशिक्षणले स्थानीयस्तरमा सम्भोटा लिपि तथा बौद्ध धर्मसम्बन्धी आधारभूत ज्ञान र सीप अभिवृद्धि गर्ने आयोजकले जनाएको छ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!