लन्डन । बेलायतमा शनिबार पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम हुँदै छ ।
शनिबार, २२ अगस्ट २०२६ मा अल्डरसटस्थित अल्डरवुड लिजर सेन्टरमा समाजको भेटघाट कार्यक्रम हुन लागेको हो । कार्यक्रममा संस्थाका सदस्यहरुलाई बिहान साढे ११ बजे नै भेला हुन भनिएको छ भने पाहुनाहरुलाई १२ बजे आइपुग्न निमन्त्रणा दिइएको छ ।
समाजले बेलायतमा रहेका पञ्चकोशी परिवारबीच आपसी एकता, सद्भाव, संस्कार–संस्कृति र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले वार्षिक भेटघाट आयोजना गर्न लागेको जनाएको छ । कार्यक्रम साँझ ८:३० बजेसम्म सञ्चालन हुनेछ।
समाजले सहभागी हुने सदस्य तथा परिवारजनलाई समयमै आफ्नो उपस्थितिको जानकारी गराउन आग्रह गरेको छ। खाना तथा अन्य व्यवस्थापनलाई सहज बनाउन सहभागीको संख्या तथा नामावली छिटो उपलब्ध गराइदिन अनुरोध गरिएको छ।
समाजले यस वर्षको भेटघाट कार्यक्रमलाई पनि भव्य र उत्साहपूर्ण बनाउन बेलायतमा रहेका सम्पूर्ण पञ्चकोशी परिवार तथा शुभेच्छुकहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक आह्वान गरेको छ।






