लन्डन । सन् १९८३ मा ब्रिगेड अफ गोर्खाजमा भर्ती भएका गोर्खा सैनिकहरूको समूहले शनिबार वार्षिक भेला आयोजना गर्दै छ ।
नेपालबाट आएका चर्चित कलाकारहरुको साथमा ‘ब्रिगेड अफ गोर्खाज् इन्टेक १९८३’ले सर्रे क्याम्बर्लीस्थित फ्रिम्ली कम्युनिटी सेन्टरमा भेला आयोजना गर्न लागेको हो । बिहान साढे ११ बजेदेखि सुरु हुने कार्यक्रममा चर्चित गायिका कुमारी चेपाङ, भ्वाइस अफ नेपाल सिजन ७ की बिजेता निता थापा मगर र डान्सर सरिस्मा राम्जाली मगरले प्रस्तुति दिने छन् ।
सांस्कृतिक उत्सव र लामो समयदेखि भेटघाट नभएका आफन्त र इस्टमित्रसँग भेट्न हुनाले कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ ।
गायिका निता थापा मगरले भिडियो सन्देशमार्फत आफूहरु आउने र गाउने कार्यक्रम रहेकोले बेलायतवासी नेपालीलाई चुले निम्तो भनेकी छन् ।






