लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) पूर्वअध्यक्ष तथा व्यवसायी कुल आचार्य ‘किताब जात्रा डायस्पोरा उद्यमशीलता अवार्ड’बाट सम्मानित भएका छन् ।
किताब यात्रा फाउन्डेसनको आयोजनामा नेपाली दूतावास लन्डनमा शुक्रबार भएको तेस्रो ‘किताब जात्रा’का अवसरमा पूर्वअध्यक्ष आचार्यलाई सम्मान गरिएको हो । आचार्यसँगै व्यवसायी तथा समाजसेवी रविन्द्रजंग लामिछानेलाई किताब जात्रा डायस्पोरा सामाजिक पहल सम्मान, लेक्स लिम्बूलाई युथ आइकन सम्मान, बेलायतमा कार्यरत कवि तथा उपन्यासकार डा.संगीता स्वेच्छालाई डायस्पोरा साहित्य सम्मान र पत्रकार भगीरथ योगीलाई डायस्पोरा पत्रकारिता अवार्ड प्रदान गरिएको थियो।
उनीहरुलाई ब्रिटेनको लेबर पार्टीका नेता एवम् पूर्वसांसद वीरेन्द्र शर्मा, पत्रकार टिकाराम यात्रीले अवार्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।







