लन्डन । बेलायतमा यही अगष्ट २८ मा समर म्युजिकल इभेन्ट २०२६ हुने भएको छ।
ताप्लेजुङ यूके युवा समाज बेलायतद्वारा सेवा नै धर्म हो भन्ने मुल नाराका साथ आपतकालीन राहत कोष सहयोगार्थ म्युजिकल इभेन्ट गर्न लागेको हो । समर म्युजिकल ईभेन्टमा नेपालबाट आएका गायक/गायिकाहरु लक्ष्मण चोङ्बाङ, दिपा सुहाङ र राजेन्द्र केरुङले सांगीतिक प्रस्तुति दिने भएका छन्।
आसफोर्डस्थित साईमन चर्चमा साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रम रातको १० बजेसम्म चल्नेछ। साथमा अन्य कलाकार हरुको पनि प्रस्तुति रहनेछ । कार्यक्रमको सञ्चालन सन्चारकर्मी दिनेश लिङखिमले गर्नेछन् ।
ताप्लेजुङ यूके युवा समाज विशुद्व सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित युवाहरुको संस्था हो । स्थापनाकालदेखि नै विशेषगरी दु:खको काम मरोपरो पर्दा आर्थिक सहयोगसहित भौतिक सेवामा जुट्ने गरेको संस्थाका महासचिव दिनेश लिङ्खिमले बताए ।
प्रत्येक सदस्यहरुलाई पर्दा १ हजार पाउण्डका दरले आर्थिक सहयोग दिई दु:खमा थोरै सान्त्वना थपिदिने गर्द्छन् । यसका साथै नेपालबाट आउने हरेक कलाकारहरुको हौसला र सम्मानका निमित्त सांगीतिक कार्यक्रम आयोजना गरिदिने र कार्यक्रमबाट संकलित रकमबाट केही प्रतिशत सामाजिक सेवाको लागि संस्थाको कोषमा रहने अध्यक्ष धन थलङले बताए ।
त्यसैले कला गीत, संगीतलाई पनि सामाजिक सेवासँग जोडेर आयोजना हुन लागेको समर म्युजिकल इभेन्ट २०२६ मा सबैलाई सक्दो उपस्थितिका लागि आयोजक समितिले निमन्त्रणा गरेको छ ।






