लन्डन । बेलायतमा पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार, २२ अगस्ट २०२६ मा अल्डरसटस्थित अल्डरवुड लिजर सेन्टरमा समाजको भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
समाजका अध्यक्ष धिरज गुरुङको अध्यक्षता र तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरूङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । समाजले बेलायतमा रहेका पञ्चकोशी परिवारबीच आपसी एकता, सद्भाव, संस्कार–संस्कृति र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले वार्षिक भेटघाट आयोजना गर्दै आएको जनाएको छ ।
समाजले यस वर्षको भेटघाट कार्यक्रमलाई भव्य र उत्साहपूर्ण बनाउन मद्दत पुर्याएकोमा सबै सहभागी र सहयोगीलाई धन्यवाद ज्ञापन गरेको छ ।






















