काठमाडौंमा तामाङ स्रष्टा सम्मान तथा विशेष सांगीतिक कार्यक्रम सम्पन्न

SHARE:

युनिकरक्षे ग्लान-तामाङ
काठमाडौं । “तामाङ स्रष्टादा डेन, खाबा पुस्तादा ठागे ज्ञान” भन्ने मूल नाराका साथ काठमाडौंमा ‘तामाङ स्रष्टा सम्मान तथा विशेष सांगीतिक गेताङ’ सम्पन्न भएको छ ।

तामाङ समुदायको साझा मातृ संस्था नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिको आयोजना तथा नेपाल तामाङ संस्कृति घेदुङ र झ्याम्याङ लामा प्रतिष्ठानको सहआयोजनामा तामाङ संस्कार तथा संस्कृतिका मर्मज्ञ झ्याम्याङ लामाको १०७औँ स्मृति दिवस तथा ‘संगीत सम्राट’ गोपाल योञ्जनको ८३औँ जन्मजयन्ती कार्यक्रम सम्पन्न भएको हो । नेपाल तामाङ घेदुङकी वरिष्ठ उपाध्यक्ष सञ्चु ब्लोन तामाङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहआयोजक नेपाल तामाङ संस्कृति घेदुङका संघीय अध्यक्ष छेवाङ तेन्जिङ लामाले स्वागत मन्तव्य व्यक्त गर्दै झ्याम्याङ लामाले तामाङ संस्कार, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र पुस्तान्तरणमा पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो ।

लेखक तथा अनुसन्धानकर्ता रवीन्द्र ग्याबक-तामाङले झ्याम्याङ लामा तामाङ समुदायका संस्कार संस्कृति लगायतका विषयमा पुर्‍याउनु भएको यगदानको चर्चा गर्नु हुँदै उहाँको व्यक्तित्व बारे विशेष चर्चा र सम्मान व्यक्त गर्नु भएको थियो । झ्याम्याङ लामाकै शब्द रचना “सा छ्या, नम छ्या, (सृष्टिको) गीत तामाङ लोक सम्राट चन्द्रकुमार मोक्तान गाउनु भएको थियो ।

यसैगरी बरिस्ठ संगीतकार शिलाबहादुर मोक्तान, वरिष्ठ गायिका कुन्ति मोक्तान, बरिस्ठ गायक तथा संगीतकार चन्द्रबहादुर दोङको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा बरिस्ठ संगीतकार एवं सेलो गायक चन्द्रकुमार दोङलाई विशेष सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ गायिका कुन्ति मोक्तानले संगीत सम्राट गोपाल योञ्जनको गीत प्रस्तुत गर्नुभएको थियो । साथै छेवाङ तेन्जिङ लामाले गोपाल योञ्जनले गायन शब्द संगीत रहेको “ङाला डम्फु” प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा तामाङ भाषा, संस्कार, संस्कृति, संगीत र मौलिक पहिचानको संरक्षण तथा पुस्तान्तरणमा जोड दिइएको उल्लेख गर्नु हुँदै प्रमुख अतिथि एवं संघीय अध्यक्ष रामकृष्ण ब्लाेनले घेदुङ अब नयाँ ढंगले सहकार्य गर्दै सबैको आशा र गर्वको संस्था बनाउन लागि परेको बताउनुभयो ।

आयोजकका अनुसार तामाङ समुदायको मौलिक संस्कृति र परम्परालाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम बरिस्ठ उपाध्यक्ष सञ्चु ब्लोनको संयोजकत्वमा भएको कार्यक्रम महासचिव लिलाकुमार ग्लानले गर्नुभएको थियो ।

यसैगरी घेदुङले भोलि सोमबार विहान १० बजे घेदुङ सभाहलमा “तामाङ ज्ञान-संस्कृति विमर्श कार्यक्रम” तामाङ समुदायको अग्ज एवं विशिष्ट व्यक्तित्व मानवशास्त्री डा.मुक्तसिं थोकर, संस्कृतिविद् बुद्धि तामाङ, भाषा तथा लिपिबिज्ञ अजितमान तामाङ, र राजेन्द्र थोकर तामाङ, बरिस्ठ पत्रकार कुमार यात्रु-तामाङले कार्यपत्र प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ भने सिक्किम भारतका डा.चन्द्रा योञ्जन तामाङको अनुभव आदानप्रदान कार्यक्रम हुने भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!