चितवन एड ट्रस्ट यूकेद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

SHARE:

लन्डन । नेपालमा आएको प्राकृतिक विपद्बाट भएको ठूलो जनधनको क्षति तथा प्रभावित परिवारको पीडाप्रति दुःख व्यक्त गर्दै चितवन एड ट्रस्ट (क्याट यूके)ले प्रधानमन्त्री राहत कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

क्याट यूकेका अध्यक्ष राजु आचार्यका अनुसार संस्थाको कोषबाट उक्त रकम राहत कोषमा प्रदान गरिएको हो। विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले शोकसन्तप्त परिवारप्रति समवेदना तथा प्रभावित, घाइते र विस्थापितप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।

भौगोलिक रूपमा नेपालबाट टाढा रहे पनि मातृभूमिप्रतिको भावना र सामाजिक जिम्मेवारी सधैँ जोडिएको उल्लेख गर्दै अध्यक्ष आचार्यले विपद्को समयमा सहानुभूतिसँगै व्यावहारिक सहयोग गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

क्याटले आफ्नो सहयोगलाई आर्थिक योगदानमा मात्र सीमित नभई विपद्मा परेका नेपालीप्रतिको ऐक्यबद्धता, जिम्मेवारी र मानवीय संवेदनाको प्रतीकका रूपमा लिएको जनाएको छ।

संस्थाले आगामी दिनमा पनि प्राकृतिक विपद् तथा मानवीय संकटका समयमा पारदर्शी, जिम्मेवार र प्रभावकारी ढंगले प्रभावित समुदायको सहयोगमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!