जिआरएनसी युकेले बाढीपीडितहरूका लागि आर्थिक सहयोग अपिल!

SHARE:

बेलायत – ग्रेटर रशमोर नेपाली कम्युनिटी (जिआरएनसी) युकेले नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पिडितको लागि सहयोग गर्न हार्दिक अपिल गरेको छ।

जिआरएनसी युकेका अध्यक्ष लिला सेलिङ मावोले दुःखद विपद्का कारण धेरैको ज्यान गएको छ, घर, सम्पत्ति र जीविकोपार्जनमा ठूलो क्षति पुगेको कारण धेरै परिवारहरू अहिले तत्काल सहयोग र राहतको प्रतीक्षामा रहेको बताएका छन्।

सम्पूर्ण देश शोकमा डुबेको यस बेला सानो सहयोगले पनि ठूलो भिन्नता ल्याउन सक्छ। हामी सबै मिलेर एकअर्कालाई साथ दिएमा प्रभावित परिवार र समुदायलाई अति आवश्यक राहत पुर्याउन सकिने बताएका छन् ।

उद्धार र राहत कार्यमा सहयोग गर्नसक्नुहुने, यथासक्य सहयोग गरिदिनुहुन विनम्र अनुरोध गरेको छ । हरेक सहयोग, त्यो जतिसुकै सानो किन नहोस्, अर्थपूर्ण हुनेछ भनेका छन् ।

बैंक विवरण –
खाताको नाम (Account Name): GRNC
सर्ट कोड (Sort Code): 40-35-45
खाता नम्बर (Account Number): 41427806

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!