एनआरएनए युकेको नारा – देश दुखेको बेला चुप नबसौँ, मातृभूमिको दुःखमा साथ दिऔं !

SHARE:

बेलायत – गैर आवसीय नेपाली संघ (एनआरएनए) युकेले “देश दुखेको बेला चुप नबसौँ, मातृभूमिको दुःखमा साथ दिऔं” भन्ने नाराका साथ नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पिडितको लागि सहयोग गर्न हार्दिक अपिल गरेको छ।

एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले दुःखद विपद्का कारण धेरैको ज्यान गएको छ, घर, सम्पत्ति र जीविकोपार्जनमा ठूलो क्षति पुगेको कारण धेरै परिवारहरू अहिले तत्काल सहयोग र राहतको प्रतीक्षामा रहेको बताएका छन्।

सम्पूर्ण देश शोकमा डुबेको यस बेला सानो सहयोगले पनि ठूलो भिन्नता ल्याउन सक्छ। हामी सबै मिलेर एकअर्कालाई साथ दिएमा प्रभावित परिवार र समुदायलाई अति आवश्यक राहत पुर्याउन सकिने बताएका छन् ।

उद्धार र राहत कार्यमा सहयोग गर्नसक्नुहुने, यथासक्य सहयोग गरिदिनुहुन विनम्र अनुरोध छ । हरेक सहयोग, त्यो जतिसुकै सानो किन नहोस्, अर्थपूर्ण हुनेछ भनेर महासचिब जुरेन्द्र लिम्बुले भनेका छन् । सहयोगका लागि गोफन्डको लिंक प्रयोग गर्न सक्नु हुनेछ । सहयोगका लागि गोफन्डको लिंक प्रयोग गर्न सक्नु हुनेछ।

https://gofund.me/ae7179ed1

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!