उपकुलपति डा गुरुङ पुरस्कृत

SHARE:

कास्की । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ शुक्रबार पोखरामा ‘लक्ष्मी स्मृति पुरस्कार’बाट पुरस्कृत भएका छन् । अध्ययन, अनुसन्धानको माध्यमबाट नेपाली भाषा, संस्कृति तथा राष्ट्रिय एकतामा पुर्‍याएको गदानको कदर गर्दै गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले उनलाई सो पुरस्कार प्रदान गरेका हुन् ।

पृथ्वीधर सिग्देल समाजद्वारा सञ्चालित तथा स्व लक्ष्मी सिग्देलका परिवारद्वारा स्थापित सो पुरस्कारको राशि रु ३० हजार ५५५, सम्मानपत्र र दोसल्ला रहेको छ । सो अवसरमा प्रदेश प्रमुख कुँवरले पुरस्कृत व्यक्तित्व गुरुङ सुक्ष्म ज्ञान र स्मृति भएको विद्वान् व्यक्तित्व भएको र उहाँ गण्डकी प्रदेशको मात्र नभई सिङ्गो देशकै एक निधि भएको बताए ।

पुरस्कृत व्यक्तित्व उपकुलपति गुरुङले नेपाली समाज सद्भावमा र संस्कृति सहिष्णुतामा अडिएकाले सामाजिक सद्भावलाई टुट्न दिन नहुने बताउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि प्राज्ञिक व्यक्तित्वको पनि योगदान हुनुपर्नेमा जोड दिए । शिक्षाविद् जर्ज जोन, प्रा डा तारा बराल, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, परिवारका तर्फबाट विश्व सिग्देल तथा समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देलले पुरस्कृत व्यक्तित्व गुरुङले सामाजिक सद्भाव अभिवृद्धिमा पुर्‍याएको योगदान तथा स्व सिग्देलले समाजमा शिक्षाको माध्यमबाट नारी सशक्तीकरणमा खेलेको भूमिकाका विविध पक्षमाथि प्रकाश पारे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!