नेपाली मेला २०२६ मा पूर्वउपसभामुख इन्दिरा राना मगरले भनिन् – ‘सानो नेपाल यूकेमा रहेछ’

SHARE:

लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिनिधिसभा सांसद एवं पूर्वउपसभामुख इन्दिरा राना मगरले नेपाली मेला २०२६ को झाँकीहरु हेरेपछि यूकेमा सानो नेपाल रहेको महसुस भएको बताएकी छन् ।

तमु धीं यूकेले ३० अगस्टमा आयोजना गरेको १७ औं नेपाली मेलामा बोल्दै सांसद रानामगरले झाँकीहरु हेर्दा एउटा सानो नेपाल यूकेमा रहेछ जस्तो लागेको बताएकी हुन् । पूर्वउपभामुख रानामगरले नेपाली संस्कृति र सभ्यता जोगाउन तमु धीं यूके गरेको कार्यको प्रशंसा गरिन् । ‘नेपालीहरुले संस्कृति बिर्सिसकेको छ । तर तमु धीं यूकेले जुन यो नेपाली मेला गरेर नेपाली संस्कृति, नेपाली सभ्यतालाई जोगाउनु भा छ म हृदयबाट नै धन्यवाद दिन चाहन्छु,’ उनले भनिन् ।

सांसद राना मगरले नेपालमा विपत्ति आइपरेको भन्दै त्यसमा सहयोग गर्न बेलायतवासी नेपालीहरुलाई आग्रहसमेत गरिन् ।

तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले नेपाली मेला तमु धीं यूकेले आयोजना गरे पनि यो मेला नेपालीहरुको साझा कार्यक्रम भएको बताए । उनले नेपालीलाई विदेशमा चिनाउन नेपाली मेलाले सहयोग पुर्‍याइरहेको उल्लेख गरे । ‘नेपाली मेला नेपालीहरुलाई विदेशी भूमिमा चिनाउने महत्त्वपूर्ण कार्यक्रम भएको छ । नेपाली कला, संस्कृति भाषा,धर्म र भेषभूषाला ई विश्व रंगमञ्जमा प्रस्तुत गर्ने माध्मय बनेको छ,’ उनको भनाइ थियो ।

कार्यक्रम संयोजक तथा तमुधीं यूकेका उपाध्यक्ष कमल गुरुङले नेपाली मेला नेपाली मनको उत्सवको रुपमा रहेको बताए । ‘नेपाली मेला केबल मनोरञ्जनका लागि मात्रै आयोजना गरिएको कार्यक्रम होइन यो नेपाली मनको उत्सव हो । हाम्रो संस्कृति, भाषा,परम्परा र पहिचानको उत्सव हो । यो भन्दा ठूलो कुरा दु:खमा परेका हाम्रा दाजुभाइ, दिदीबहिनीहरुको माया, समवेदना र जिम्मेवारीको सानो प्रयास हो,’ उनको भनाइ थियो ।

नेपाली दूतावास लन्डनका कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बेलायतस्थित विभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधि र गैर नेपाली संघसंस्थाबाट ब्यापक उपस्थिति थियो । कार्यक्रम विभिन्न नेपाली झाँकी प्रस्तुत गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!