पासा पुच गुठी युकेले नेपाली मेला २०२६ को एम्बासाडोर कप र एनआरएनए कप हात पर्न सफल

SHARE:

बेलायत –  बेलायतको सनबरीस्थित केम्टन पार्कमा सम्पन्न नेपाली मेला २०२६ मा पासा पुच गुठी युकेले ऐतिहासिक सफलता हासिल गर्दै मुख्य आकर्षणका रूपमा रहेका एम्बासाडोर कप र एनआरएनए कप दुवै आफ्नो पोल्टामा पार्न सफल भएको छ। यी दुवै उपाधिसँगै संस्थाले एम्बासाडोर कपको £१,५०० र एनआरएनए कपको £८०० गरी कुल £२,३०० नगद पुरस्कार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ।

मेलामा उत्कृष्ट प्रदर्शन गर्दै मगर संघ युके द्वितीय हुँदै £७०० नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्राप्त गर्न सफल भयो भने किरात राई यायोक्खा तृतीय भएर £५०० नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्राप्त गरे। यसैगरी, सान्त्वना पुरस्कारस्वरूप किरात याकथुङ चुम्लुङ र थारु वेलफेयर सोसाइटीले जनही £२०० नगद, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्।

झाँकी प्रतियोगितातर्फ पनि पासा पुच गुठी युकेले नै प्रथम स्थान हासिल गर्दै £६००, प्रमाणपत्र र मेडल प्राप्त गर्‍यो। यस विधामा मगर संघ युके द्वितीय स्थान हासिल गर्दै £४०० नगद पुरुस्कार, प्रमाणपत्र र मेडल र बर्न्टओक नेपाली समाजले र तृतीय स्थान हासिल गर्दै £३०० प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्। साथै, सान्त्वना पुरस्कारतर्फ किरात राई यायोक्खा, किरात याकथुङ चुम्लुङ र तनहुँ समाज युकेले जनही £२०० प्राप्त गरेका छन्।

नृत्य प्रतियोगितामा भने तनहुँ समाज युके प्रथम हुँदै £६०० नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्न सफल भयो। यस प्रतियोगितामा पासा पुच गुठी युकेले द्वितीय स्थानसहित £४००, प्रमाणपत्र र मेडल प्राप्त गर्‍यो भने किरात राई यायोक्खाले तृतीय स्थान प्राप्त गर्दै £३००, प्रमाणपत्र र मेडल हात पार्‍यो। नृत्यको सान्त्वना पुरस्कार घान्द्रुक समाज युके, तमु कलाकार सांस्कृतिक मञ्च युके र किरात याकथुङ चुम्लुङले जनही £२०० का दरले प्राप्त गरेका छन्।

झाँकीतर्फको निर्णायक मण्डलमा नायिका पशुपति राई, ओम गुरुङ, चलचित्र निर्देशक दीप गुरुङ, गायक तथा नायक धर्म गुरुङ (राजु) र नायिका सृजना लिम्बू थिए भने नृत्यतर्फको निर्णायक मण्डलमा नायिकाहरू लक्ष्मी गुरुङ, रजनी गुरुङ (मंगली), कर्मा पहाडी शेर्पा र कोरियोग्राफर कविता भर्ती मगर रहेका थिए।

त्यसैगरी, झाँकी र सांस्कृतिक कार्यक्रम सूर्य गुरुङ, योगेश गुरुङ, हेलिसा गुरुङ, दुर्गा गुरुङ र शिबाङ्गी गुरुङले सञ्चालन गरेका थिए। भव्य रूपमा सम्पन्न नेपाली मेलामा तमुधिँ युकेले समाजमा उदाहरणीय कार्य गर्ने डा. हरि बुढा मगर, माननीय इन्दिरा राना मगर, गायक राजु लामा, क्याप्टेन डेमबहादुर गुरुङ, निवर्तमान मेयर तथा काउन्सिलर निना गुरुङ, पुर्व उपमेयर तथा काउन्सिलर लक्ष गुरुङ, डा. दूत पुन (चिम्खोले काइला) र एभेरेष्ट टाइम्स युकेका प्रवन्ध निर्देशक, नगेन्द्र नेमवाङ, अनलाइन प्रमुख सर्विंद्र एसके गुरुङ, सह सम्पादक जमुना पुन र सम्पादक चिम्खोले काईलालाई सम्मान गरेको थियो।

तमुधिँ युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा भएको उक्त मेलामा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा पूर्वउपसभामुख तथा सांसद इन्दिरा राना मगर, सांसद मिङमा डेभिड शेर्पालगायत विभिन्न देशका कूटनीतिक नियोगका अधिकारीहरू, बेलायतस्थित विभिन्न संघसंस्थाका अध्यक्षहरू, व्यापारी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

नेपाली मेला २०२६ का संयोजक तथा उपाध्यक्ष कमल गुरुङले उपस्थित सम्पूर्ण पाहुना तथा दर्शकहरूलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए भने महासचिव डा. विशाल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए। हजारौँ दर्शकहरूको बाक्लो उपस्थिति रहेका उक्त मेलाले बेलायतमा नेपाली कला र संस्कृतಿಯ जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!