बाढीपीडितका लागि १७ औं नेपाली मेलामा ‘सेभेन सिस्टर्स’द्वारा २१ सय ४६ पाउन्ड संकलन

SHARE:

लन्डन । साउथ इस्ट लन्डनका ‘सेभेन सिस्टर्स’ले नेपालका बाढीपीडितका लागि १७ औं नेपाली मेला २०२६ मा २१ सय ४६ पाउन्ड संकलन गरेका छन् ।

सहयोग संकलनका लागि आयोजक तमु धीं यूकेका उपाध्यक्ष तथा मेला संयोजक कमल गुरुङ र सचिव विमल गुरुङको आग्रह अनुसार ‘सेभेन सिस्टर्स’ले आइतबार ३० अगस्टमा आयोजित मेलामा उक्त रकम संकलन गरेका हुन् । नेपालमा २६ अगस्टमा चीनतर्फबाट आएको बाढीले रसुवा, नुवाकोट लगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

समूहमा तीनजना कमला गुरुङ, विष्णु गुरुङ, तारा गुरुङ, लक्ष्मी गुरुङ र पार्वती गुरुङ छन् ।

यो समूहले बेलायतमा हुने विभिन्न मेला, महोसत्वमा काक्रो, चिया, सुन्तला, माछाजस्ता सानोतिनो व्यापार गरेर भएको आम्दानी कोषमा जम्मा गरेर पीडित र विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका छन् । यसअघि ‘सेभेन सिस्टर्स’ले रेस फर लाइफमा सहभागी भएर १८ सय ५४ पाउन्ड (गिफ्ट एडसहित) संकलन गरेका थिए ।

तमु धीं यूकेको आयोजना र नेपाली दूतावास लन्डनको सहकार्यमा आइतबार सनबरीस्थित केम्टन पार्क रेसकोर्समा मेला भव्य रुपमा सम्पन्न भएको थियो । मेलामा नेपाली संघसंस्थाबीच मौलिक कला, संस्कृति, भेषभूषा तथा परम्परा झल्काउने झाँकी र नृत्य प्रतिस्पर्धा भएको थियो । मेलामा ख्यातिप्राप्त कलाकारहरुले पनि राष्ट्रिय भाव झल्किने प्रस्तुति दिएका थिए । साथै नेपाली खाना, पोसाक, मौलिक सामग्री तथा विभिन्न व्यापार, सेवा र च्यारिटीका दर्जनौं स्टलहरु राखिएका थिए ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा सांसद मिङ्मा डेभिड शेर्पालगायत विभिन्न देशका कूटनीतिक प्रतिनिधि, संघसंस्थाका अध्यक्ष, प्रतिनिधि, व्यवसायी, बुद्धिजीवी एवं नेपाल समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!