बेलायतमा १७औं नेपाली मेलामा किरात याक्थुङ चुम्लुङ यूकेको सहभागिता

SHARE:

लन्डन । तमु धीं युकेले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाली मेलाको १७ औं संस्करणमा किरात याक्थुङ चुम्लुङ यूकेले यो वर्ष पनि सहभागिता जनाएको छ ।

लन्डन केम्पटन पार्कमा ३० अगस्टमा आयोजित मेलामा केवाईसीकी अध्यक्ष कमला सेन्दाङ लिम्बु र उपाध्यक्ष दिपेन्द्र याक्सोको नेतृत्वमा सहभागी भएको हो । किरात याक्थुङ चुम्लुङ ग्रेटर रसमोर शाखा अध्यक्ष थान्कुमान नाल्बोको नेतृत्वमा उपाध्यक्ष वीरेन्द्र लोक्तामको संयोजकत्वमा च्याब्रुङ नृत्य (केलाङ) प्रस्तुत गरिएको थियो । मेलामा सांस्कृतिक कार्यक्रम र झाँकी गरी च्याब्रुङ नृत्य दुईपल्ट प्रदर्शन गरिएको थियो ।

दुवै प्रदर्शनमा सान्तवना पुरस्कार २०० पाउन्डको दरले ४०० पाउन्ड जित्न सफल भए । च्याब्रुङ नृत्य लोक फोम्बोले लिडिङ गरेकोमा कलाकारहरु भवानी लिम्बु,रिचार्ड वनेम,विवेक इवा,महिला कलाकारहरु संघीया आङ्देम्बे, मुना आङ्देम्बे, बिमला थेगिम, मन्जु तेयुङ नुयो लिम्बु रहेका थिए ।

विगत वर्षहरुमा लन्डन सिनियर शाखा पूर्ण बाखिमको च्याब्रुङ समूहले धेरैपल्ट प्रथम पुरस्कार जित्न सफल भएका थिए । झाँकी प्रदर्शसन गरिरहँदा महासचिव महेश वनेमले नेपाली मेलालाई सम्बोधन गर्दै च्याब्रुङको इतिहास लिम्बु समुदायमा च्याब्रुङको महत्त्व र किरात याक्थुङ चुम्लुङ युकेको गतिविधि मेलामा उपस्थित सबै महानुभावहरुलाई प्रस्ट्याएका थिए। मेलामा सहभागी माहुल लिम्बुको च्याब्रुङ नृत्य हेरेर रमाइरहेका दिखिन्थे।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!