लन्डन । बेलायतमा डा.दुत पुन ‘चिम्खोले काइँला’दम्पती १७ औं नेपाली मेलामा सम्मानित भएका छन् ।
तमु धीं यूकेको आयोजना र नेपाली दूतावास लन्डनको सहकार्यमा सनबरीस्थित केम्टन पार्क रेसकोर्समा आइतबार ३० अगस्टमा आयोजित मेलाका अवसरमा डा. पुन ‘वर्षको प्रेरणादायी व्यक्ति-२०२६ INSPIRING PERSON OF NEPALI HERITAGE IN THE UK 2026 ‘बाट सम्मानित भएका हुन् ।
एभरेस्ट टाइम्स यूकेका सम्पादक समेत रहेका डा. पुनलाई फेटा, दोसल्ला,प्रमाणपत्र र श्रीमती जमुना पुनलाई पछ्यौरासहित तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङलगायतले सम्मान गरेका थिए । डा.पुनले ६५ वर्ष कटिसकेपछि विद्यावारिधी गरेकोमा प्रेरणादायी व्यक्तिको रुपमा पाएका हुन् ।
नेपालको म्याग्दी जिल्लाका डा.पुनले ‘The Euro American Education Group’ द्वारा सञ्चालित ‘European Institute of Management and Technology’ (EIMT) बाट ‘Doctorate in Arts (Social Science)’ विषयमा आफ्नो अध्ययन पूरा गरी उक्त उपाधि हासिल गरेका थिए ।
नेपाली मेला नेपाली दूतावास लन्डनका कार्यवाहक राजदूत विपिन दुवाडीको प्रमुख आतिथितामा भएको थियो ।






