६ दिनदेखि बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एनआरएनएको अभियान जारी, के के गरिए ?

SHARE:

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको अभियान मंगलबार छैठो दिन पनि निरन्तर जारी रहेको छ ।

२६ अगस्टमा तिब्बत क्षेत्रबाट भोटेकोशीमा बाढी आएपछि भोलिपल्टै देखि एनआरएनएको टोली राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रमा खटिएको हो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्रीसँग समन्वयात्मक छलफल
बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा स्वास्थ्य तथा सामाजिक सहयोगको आवश्यकता पहिचान गर्दै आगामी रणनीति तय गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्मासहितका पदाधिकारीहरू र बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङबीच मंगलबार समन्वयात्मक छलफल भएको छ।

संघको सचिवालयमा भएको छलफलका क्रममा प्रभावित क्षेत्रमा तत्काल आवश्यक स्वास्थ्य सेवा, औषधि, चिकित्सक तथा स्वास्थ्यकर्मीको परिचालन, सरसफाइ, मानव तथा पशुका शव व्यवस्थापन, स्वास्थ्य सुरक्षाका सामग्री तथा महामारी नियन्त्रणलगायतका विषयमा छलफल भएको छ। प्रभावित नागरिकको आवश्यकताका आधारमा तत्काल राहत तथा स्वास्थ्य र सामाजिक क्षेत्रमा सहयोग उपलब्ध गराउने तथा आगामी चरणमा दीर्घकालीन सहकार्य अघि बढाउने विषयमा समेत छलफल भएको हो।उक्त बैठकमा दोस्रो चरणमा बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयसँग समझदारीपत्र (MoU) गरी पुनःस्थापना तथा पुनर्निर्माणका क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो।

नुवाकोटमा स्वास्थ्य शिविर सञ्चालनको तयारी
बाढी प्रभावित नुवाकोटको बाघटारमा एनआरएनएको अगुवाइमा मेडिसिटी अस्पताल र मेट्रोसिटी अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी अघि बढाइएको छ। शिविर सञ्चालन तथा प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा र औषधि व्यवस्थापनका विषयमा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङसँग समेत छलफल तथा परामर्श गरिएको छ। एनआरएनए आइसीसी सदस्य डा सन्जिब सापकोटा र स्वास्थ्य समितिकी सहसंयोजक प्रसुना कँडेलको नेतृत्वमा १० जनाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिएको छ।

यसैगरी, बिग्नाहर्ता नेपालसंग सहकार्य गरि रसुवाका बाढी प्रभावित क्षेत्रमा ६० परिवारका लागि खाद्यान्नलगायत आवश्यक राहत सामग्री पठाइएको छ। दुर्गम तथा सडकमार्गबाट तत्काल पुग्न कठिन प्रभावित परिवारलाई लक्षित गरी हवाईजहाजमार्फत खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री रसुवाका प्रभावित स्थानमा पुर्याइनेछ ।

प्रभावित नागरिक तथा स्थानीय प्रतिनिधिसँग आवश्यकता पहिचानका लागि संवाद
एनआरएनएका अध्यक्ष डा हेम राज शर्मा सहितका पदाधिकारीहरूले रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका वडा नं. २ र ३ का प्रतिनिधिहरूसँग भेट गरी उनीहरूको वर्तमान अवस्था, समस्या तथा आवश्यकताबारे जानकारी लिएका छन्। प्रभावित नागरिकलाई काठमाडौंमा रहेर कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गरिएको छ।

बाढीमा अभिभावक गुमाएका तीन विद्यार्थीलाई गृहजिल्ला पुर्‍याउन सहजीकरण
बाढीमा आफ्ना आमाबुबा तथा परिवारका सदस्य गुमाएका नुवाकोटका तीन जना विद्यार्थी आज लण्डनबाट नेपाल आइपुगेका छन्।नेपाल आइपुगेका उनीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा चिरन्जीवी खड्काको नेतृत्वमा रहेको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर भेटेको छ। उनीहरूलाई भोलि नै गृहजिल्ला नुवाकोट पुर्‍याउन आवश्यक सहजीकरण तथा सहयोग गरिनेछ ।

येलो गुम्बामा विपद् प्रभावित परिवार र बालबालिकालाई मनोसामाजिक सहयोग
रसुवाको वडा नम्बर २, ३ लगायत अन्य बाढीबाट प्रभावित भई काठमाडौंको येलो गुम्बामा आश्रय लिइरहेका परिवार तथा बालबालिकाको मनोसामाजिक अवस्था पहिचान गर्न एनआरएनएको चिकित्सकसहितको विज्ञ टोलीले स्थलगत अवलोकन गरेको छ। एनआरएनएका ICC सदस्य तथा ग्लोबल हेल्थ कमिटीका पूर्व अध्यक्ष डा. सञ्जीव सापकोटाको नेतृत्वमा गएको टोलीले आज येलो गुम्बामा आश्रय लिइरहेका बालबालिकालाई सामाजिक रूपमा सहज बनाउन खेल, मनोरञ्जनलगायत विभिन्न गतिविधि सञ्चालन गरेको गैरआवासीय नेपाली संघ सचिवालय बालुवाटार,काठमाडौंले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!