बेलायत – बेलायतबाट मानसरोवर कैलाश तीर्थयात्रामा निस्किएका, पुख्र्यौली घर गोरखा भई हाल बेलायतमा बसोबास गर्दै आएका दुई दम्पती सम्पर्कविहीन भएका छन्। थानेश्वर गुरुङ (65408) र तारा गुरुङ तथा श्रीबहादुर गुरुङ र तेजकुमारी गुरुङ नामका यी दुई दम्पती सम्पर्कविहीन भएका हुन्। यी दुई दम्पतीबीच सादुभाइ र सादुदाइको नाता रहेको खुलेको छ।
बुधवार, २६ अगस्ट २०२६ का दिन बिहानसम्म उनीहरू परिवारको सम्पर्कमा रहेको नजिकका नातेदारले बताएका छन्। सो समयमा उनीहरू रसुवागढीस्थित तिब्बततर्फको भन्सार क्षेत्रमा रहेको बताएका थिए। सोही दिन बिहान भोटेकोशी नदीमा अचानक बाढी आएको थियो।






