६ गोर्खा राइफलको वार्षिक भेटघाटका लागि जिम्मेवारी बाँडफाँड

SHARE:

बेलायत –  ६ गोर्खा राइफलको वार्षिक भेटघाट आगामी २०२६ सेप्टेम्बर १९ (शनिबार) का दिन बेलायतको फार्नबोरोस्थित स्यामुल कोडी स्पोर्ट कलेजमा आयोजना हुने भएको छ। कार्यक्रमलाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्नका लागि विभिन्न समिति तथा सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गरिएको छ।

कार्यक्रमको समग्र व्यवस्थापन तथा संयोजनको जिम्मा मेजर खुसीमान गुरुङ र सहसंयोजक अमृत गुरुङ गर्नुहुनेछ। त्यसैगरी अन्य व्यक्तिगत जिम्मेवारीहरू यसप्रकार रहेका छन्:

गेट तथा मञ्च सजावट गर्न सम्पूर्ण सदस्यहरूलाई बिहान १०:३० बजे उपस्थित हुन् अनुरोध गरिएको छ भने ले. रन गुरुङ र दुत पुनलाई प्रवेशद्वार नियन्त्रण गर्ने जिम्मेवारी दिइएको छ।

हुस्की, वाइन, बियर सफ्ट ड्रिंक्स र पानीको खरिदको जिम्मेवारी मिन गुरुङ, कुमार गुरुङ, जित गुरुङ र अमर गुरुङ, राफल ड्र ज्ञाम गुरुङ, कार्यक्रम संचालन प्रकाश गुरुङ, टेवल डेकोरेसन साम गुरुङ र भिडिओ र फोटोको लागि मिलन तमुलाई जिम्मेवारी दिइएको छ।

टिकट शुल्क £१० राखिएको छ भने कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन मेजर खुशीमान गुरुङ र अमृत गुरुङले अनुरोध गरेका छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!