लन्डन । नेपालको उत्तरी जिल्ला रसुवाको भोटेकोशी नदीमा २६ अगस्ट २०२६ मा आएको विनाशकारी बाढीबाट प्रभावित नेपालीका लागि बेलायतस्थित नेपाली संघसंस्था, व्यवसायी तथा व्यक्तिहरूले राहत सहयोगलाई तीव्रता दिएका छन् । कतिपयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिसकेका छन् भने कतिपयले सहयोग घोषणा गरेर संकलन अभियान सञ्चालन गरिरहेका छन् । उपलब्ध विवरणअनुसार बेलायतबाट हालसम्म करोडौँ रुपैयाँ सहयोग तथा प्रतिबद्धता सार्वजनिक भएको छ । विभिन्न संस्था र व्यक्तिले छुट्टाछुट्टै अभियान चलाइरहेकाले बेलायतबाट उठेको कुल रकमको एकीकृत आधिकारिक तथ्यांक भने अझै सार्वजनिक भएको छैन । एभरेष्ट टाइम्स यूकेले प्राप्त जानकारीलाई यहाँ अपडेट गर्दै आएको छ, गर्नेछ :
सहयोग रकम नेपाल पठाएका संस्थाहरु
- मनोक्रान्ति टीम यूके : ५ लाख १ हजार ४ सय रुपैयाँ [प्रधानमन्त्री राहत कोषमा]
- चार भन्ज्याङ तमु समाज यूके : ५ लाख रुपैयाँ (सांसदमार्फत)
- चितवन एड ट्रस्ट यूके : ५ लाख रुपैयाँ
- हाम्रो गुठी यूके : ४ लाख रुपैयाँ
- एसियन महिला एसोसिएसन (आमा) : २ लाख रुपैयाँ [प्रधानमन्त्री राहत कोषमा]
- साउथ इस्ट लन्डनका ‘सेभेन सिस्टर्स’ : २ लाख सहयोग [प्रधानमन्त्री राहत कोषमा]
सहयोग घोषणा र संकलन गरिरहेका संस्थाहरु
- तमु धीं यूके : १ करोड १ हजार रुपैयाँ
(नेपाली मेलाबाट भएको बचत तथा सेप्टेम्बर ११–१३ मा हुने च्यारिटी ट्रेल वाकबाट संकलित रकमसमेत राहतमा लगाइनेछ) - एनआरएनए यूके (राजेन्द्र पुडासैनी समूह) : १ करोड रुपैयाँ
- एनआरएनए यूके (प्रेम गाहा मगर समूह ) :
- तमु समाज यूके :
- तामाङ समाज यूके :
- पञ्चासे हर्पनडाँडा समाज यूके : (९ लाख संकलन भइसकेको)
- पुन मगर समाज यूके :
- चार भन्ज्याङ तमु समाज यूके : १५ लाख रुपैयाँ (५ लाख पाठइसकेको)
- ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी)
- पासा पुचः गुथि यूके : १० लाख रुपैयाँ
- लन्डनको गोल्डेन सीप रेस्टुरेन्ट :५ लाख संकलन
- एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङको दिदीबहिनी एकता फाउन्डेसन : ७०० पाउन्ड संकलनको लक्ष्य
- मगर संघ यूकेकी पूर्वउपाध्यक्ष अनिता रानामगरलगायतको पहलमा :बाढीपीडित सहयोगार्थ स्विन्डनमा “नेपाली म्युजिकल नाइट २०२६” सम्पन्न
- सुमन राई नेतृत्वको अनुग्रह फाउन्डेसन :
[नोट : हामीलाई विवरण उपलब्ध गराउन सक्नु हुनेछ । संकलित विवरणमा त्रुटि भएमा फोन/म्यासेज/इमेलमार्फत जानकारी गराउन सक्नुहुनेछ]






