मुक्तक प्रतिष्ठान यूकेको अध्यक्षमा प्रतिमा केसी ‘प्रवासी’

SHARE:

ईलिङ, लन्डन । नेपाल मुक्तक प्रतिष्ठान यूकेको अध्यक्षमा प्रतिमा केसी ‘प्रवासी’ सर्वसम्मत चयन भएकी छन्।

६ सेप्टेम्बर २०२६ मा लन्डनको ईलिङस्थित मोन्टीज रेस्टुरेन्टमा सम्पन्न प्रतिष्ठानको चौथो अधिवेशन तथा एघारौँ वार्षिक साधारणसभाले केसीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। केसी यसअघि उपाध्यक्ष थिइन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा राज श्रेष्ठ, सचिवमा गङ्गा भण्डारी, सहसचिवमा अहिल्या कुँवर, कोषाध्यक्षमा जीत बुढाथोकी छन्त्याल तथा सदस्यमा शान्ति थापा सुब्बा र दुर्गा ढकाल चयन भएका छन्।

डा. रुपक श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो।

अनेसास र नेपाल मुक्तक प्रतिष्ठान यूकेको सहआयोजनामा भएको कार्यक्रममा १६०औँ मोती जयन्ती समेत मनाइएको थियो। कार्यक्रममा मोतीराम भट्टको व्यक्तित्व तथा योगदानबारे चर्चा गरिएको थियो ।

सोही अवसरमा मुक्तककार डा. रुपक श्रेष्ठको हालै प्रकाशित मुक्तकसंग्रह ‘चौशूल’ माथि समीक्षा गरिएको थियो। प्रा. डा. देवीप्रसाद सुबेदीले कृतिको समीक्षा गर्दै ‘चौशूल’ नेपाली मुक्तक साहित्यको उच्चकोटीको तथा संग्रहणीय कृति भएको बताए।

कार्यक्रममा रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। साहित्यकारहरूले गीत, गजल, कविता तथा मुक्तक प्रस्तुत गरेका थिए।

नवनिर्वाचित अध्यक्ष केसीले आफ्नो दुईवर्षे कार्यकालका लागि ११ बुँदे प्रतिबद्धता प्रस्तुत गर्दै निर्वाचन समिति, अतिथि तथा सहभागी स्रष्टालाई धन्यवाद दिइन्।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!