निरुता पुन मगरको एकल साँझमा नेपाली ४ लाख पचास हजार संकलन

SHARE:

सनिवार, ५ सेप्टेम्बर २०२६ – बेलायत। चर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका निरुता चोचाङ्गी पुन मगरको ‘निरुता एकल साँझ’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमबाट सङ्कलित चार लाख पचास हजार रुपैयाँभन्दा बढी (२,२७० पाउन्ड) रकम गायिका निरुता चोचाङ्गी पुन मगरलाई हस्तान्तरण गरिएको संयोजक प्रकाश चोचाङ्गी पुन मगरले जानकारी दिएका छन्।

बेलायतको अल्डरसटस्थित सेन्ट जोसेफ हलमा आयोजित उक्त कार्यक्रम बेलायतवासी चोचाङ्गी परिवारको आयोजनामा सम्पन्न भएको हो। बेलायतमा रहेका चोचाङ्गी परिवार तथा नेपाली सङ्गीतप्रेमीहरूलाई लक्षित गरी सो एकल साँझ आयोजना गरिएको थियो।

कार्यक्रममा चर्चित लोकदोहोरी गायिका निरुता चोचाङ्गी पुनले आफ्ना उत्कृष्ट तथा लोकप्रिय सांगीतिक प्रस्तुतिहरूमार्फत दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेकी थिइन्। साथै, कार्यक्रमलाई भव्य रूपमा सफल पार्न उपस्थित हुने बेलायतस्थित सम्पूर्ण नेपाली समुदाय तथा सङ्गीतप्रेमी महानुभावहरूलाई आयोजकको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!