मर्दीखोला सेवा समिति हङकङद्वारा भोटेकोशी बाढीपीडितलाई ३ लाख ५० हजार रुपैयाँ सहयोग

SHARE:

मर्दीखोला सेवा समिति हङकङले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूका लागि ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

संस्थाका अध्यक्ष भीमसेन गुरुङले उक्त जानकारी दिँदै मर्दीखोला सेवा समिति हङकङले बाढीपीडितहरूको राहत तथा सहयोगका लागि एक विशेष कार्यक्रम आयोजना गरी आर्थिक सहयोग संकलन गरेको बताउनुभयो।

विशेष कार्यक्रममार्फत संकलन गरिएको उक्त रकम भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि सहयोगस्वरूप प्रदान गरिएको संस्थाले जनाएको छ।

विपद्को यस कठिन घडीमा पीडितहरूको सहयोगका लागि मर्दीखोला सेवा समिति हङकङले देखाएको मानवीय सहयोग र सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!