फोटो – सविना बुढा मगर
बेलायत – शनिबार ५ सेप्टेम्बर २०२६ का दिन ६ गोर्खा राइफल्स एमटी प्लाटुनको वार्षिक भेटघाट कार्यक्रम बेलायतको अल्डरसटस्थित ओजोन रेस्टुरेन्टमा भव्य रूपले सम्पन्न भएको छ।
वार्षिक भेटघाट कार्यक्रममा चर्चित तथा लोकप्रिय गायिका सविना बुढा मगरलाई प्रमुख आकर्षणका रूपमा आमन्त्रण गरिएको थियो। गायिका बुढा मगरले एमटी प्लाटुनका सदस्य तथा उहाँहरूको परिवारजनलाई उत्कृष्ट मनोरञ्जन प्रदान गर्नुभएको थियो भने उहाँले जंग गुरुङसँग बेजोड दोहोरी समेत प्रस्तुत गर्नुभएको थियो।
सो अवसरमा गायिका बुढा मगरले ले. ललित गुरुङ लगायत उपस्थित सम्पूर्ण परिवारजनले प्रदान गर्नुभएको माया, सम्मान र साथ सधैँभरि कायम रहोस् भन्दै आभार व्यक्त गर्नुभयो। साथै, उहाँले आफू यस कार्यक्रममा आफ्नो प्रस्तुति दिन र सबैलाई नचाउन पाउँदा अत्यन्त हर्षित भएको बताउनुभयो।
एनआरएनए आइसिसीका सदस्य तथा पुर्व आरएसएम श्री गुरुङले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन जंग गुरुङले गर्नुभएको थियो। कार्यक्रममा ६ गोर्खा राइफल्स एमटी प्लाटुनका पूर्वप्लाटुन कमान्डर ले. ललित गुरुङ संयोजकहरु टुकबहादुर गुरुङ, जंगबहादुर गुरुङ, भिम गुरुङ, गिरी गुरुङ, लगायतले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनुहुने सम्पूर्ण एमटी प्लाटुन परिवार र कलाकार सविना बुढा मगरलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।






