लन्डन । रसुवा क्षेत्रको भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि बेलायतस्थित नेपालीहरूको प्रतिष्ठित सामाजिक संस्था तमु धीं यूकेले सञ्चालन गरेको आर्थिक सहयोग संकलन अभियानमा विभिन्न शाखा, संघसंस्था तथा व्यक्तिगत दाताहरूको सहयोग आउने क्रम जारी रहेको छ।
तमु धीं यूकेले बाढीपीडितहरूको सहयोगका लागि कम्तीमा १ करोड १ हजार रूपैयाँ सहयोग गर्ने निर्णय यसअघि नै गरिसकेको छ। उक्त रकम नेपाली मेला, च्यारिटी ट्रेल वाक तथा संस्था र सदस्यहरूबाट संकलन हुने सहयोग रकमलाई एकीकृत गरी राहत कोषमार्फत उपलब्ध गराउने योजना रहेको संस्थाका वरिष्ठ उपाध्यक्ष परशु गुरूङलृ जनाएका छन्।
बाढीपीडितहरूको पीडामा साथ दिन तमु धीं यूकेका विभिन्न शाखा, आमा समूह, पदाधिकारी, सदस्य तथा बेलायत र नेपालमा रहेका शुभेच्छुकहरूले स्वेच्छिक रूपमा आर्थिक सहयोग प्रदान गरिरहेका छन्।
वरिष्ठ उपाध्यक्ष गुरूङबाट हालसम्मको प्राप्त विवरणअनुसार
1. TD London Branch -£1005
2. TD London Branch Ama Samuha -£1001
3. TD Woking Branch- £1000
4. TD Hampshire Branch- £1000
5. President TDUK Jumkaji/Kamala Gurung- £505
6. VP TDUK Kamal/Jayanti Gurung – £500
7. S. Secretary TDUK Capt Dipak/Rupa Ghale-NCR 50,000
8. Rohit Gurung £40✅
9. SVP TDUK Parshu/Nanda Gurung -£501
10. VP TDUK Mrs Dilmaya/Nanda Gurung- £501
11. Mr Mrs Bhim pds Pampha Grg £ 100 ✅
12. Jubita Gurung – £75✅
13. Capt BK Lem Gurung – Rs 50,000
14. pratima/Shanker- £100
15. Chandra kumari Grg ( Min mom) £100
16. Gurkha Media Milan Tamu Rs 100000/- One Lakh Rupees.
17. Rajendra/ Sarita Gurung £100 ✅
18. Dr Sanjay/ Dr Bineeta Gurung £50 ✅
19. Damber/Bina Gurung £100✅
20. Capt Tirthaman & Mrs Maya (Sakila) Gurung – £108.00✅
21. BadriKumari Gurung – £30✅
22. Siri and Ganga Gurung £ 200✅
23. Mrs Bishnu Gurung -£50✅
24. Ram &Madh Bisnu Gurung £108.00✅
25. Koseli kitchen (Anush) £251✅
26. Surya & Babita Gurung (Trustee) £501
27. Tangle Samaj UK (Manoj Gurung) Rs 1 Lakh
28. Mr Bishnu Kharel (£250)
29. Shree & Krishna Kumari Grg £100
तमुधीं यूकेले सहयोग रकम संकलन अभियानलाई यसै महिनाको १८ तारिख सेप्टेम्बरसम्म सञ्चालन गर्ने जनाएको छ। संस्थाले सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहयोगी महानुभावहरूलाई आफ्नो इच्छाअनुसार सहयोग अभियानमा सहभागी हुन अपिल गरेको छ।
सहयोग रकम बैंकमार्फत अनलाइन ट्रान्सफर वा JustGiving App मार्फत पठाउन तथा रकम ट्रान्सफर गरिसकेपछि मात्र आफ्नो पूरा नाम र सहयोग रकम सम्बन्धित संयोजक वा कोषाध्यक्षलाई जानकारी गराउन अनुरोध गरिएको छ।
तमुधीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङले विपत्तिको यस कठिन घडीमा सबै नेपाली एकजुट भएर बाढीपीडितहरूको सहयोगमा जुट्नुपर्ने आवश्यकता औँल्याउँदै सहयोग अभियानमा उदारतापूर्वक सहभागी हुन सबैमा अपिल गरेका छन्।
संस्थाले बाढीपीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि सञ्चालन गरेको अभियानमा देश–विदेशबाट सहयोग आउने क्रम जारी रहेकाले आगामी दिनमा संकलित सहयोग रकम अझ वृद्धि हुने अपेक्षा गरिएको छ।






