लन्डन । विश्वभर रहेका नेपाली डायस्पोरालाई संगठित गर्ने उद्देश्यले स्थापना गरिएको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडिओ) यूकेको सभापतिमा पुष्पा राना मनोनीत भएकी छन् ।
५ सेप्टेम्बर २०२६ मा यूएनडिओ यूकेलाई संस्थाको नवौँ राष्ट्रिय संगठनका रूपमा मान्यता प्रदान गरिएको जनाइएको छ । यूएनडिओ यूकेले अब आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै संगठनको नेतृत्व तथा कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया अघि बढाउनेछ ।






