लन्डन । नेपाली व्यवसायी कुल आचार्यको नेतृत्वमा सञ्चालित ‘होलि काउ’ले लन्डन ब्रिजनजिकै आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
नयाँ शाखा सञ्चालनमा आएसँगै एनआरएनएका पूर्वअध्यक्षसमेत रहेका आचार्यले आमाको आशीर्वाद, लन्डनवासी नेपालीहरूको माया तथा होलि काउ परिवारको साथ–सहयोगप्रति आभार व्यक्त गरेका छन्। आचार्यले नयाँ शाखाको सुरुवातसँगै आफूहरूलाई साथ, माया, विश्वास र हौसला दिने सम्पूर्ण लन्डनवासी तथा होलि काउ परिवारप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा र स्वाद प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।
‘नयाँ शाखा, नयाँ यात्रा, उही माया र विश्वास’ भन्ने भावनासहित अघि बढेको बताउँदै उनले ग्राहकहरूको निरन्तर माया र विश्वास नै आफ्नो सबैभन्दा ठूलो प्रेरणा रहेको उल्लेख गरेका छन्।






