हरितालिका तीज पूजा २०२६ को लागि निमन्त्रणा

SHARE:

बेलायत –  बेलायतको अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको आयोजनामा आगामी सोमबार, १४ सेप्टेम्बर २०२६ का दिन हरितालिका तीज पूजा विशेष रूपमा आयोजना हुने भएको जानकारी दिँदै अध्यक्ष हरि भट्टराईले सम्पूर्ण भक्तजनहरूलाई आमन्त्रण गरेका छन्।

सेन्टरले सनातन धर्मावलम्बी तथा नेपाली समुदायलाई लक्षित गर्दै यस पवित्र पर्वमा सहभागिताका लागि हार्दिक आमन्त्रण गरेको हो। पूजामा विशेष प्रार्थना, भजन, प्रसाद ग्रहण तथा आपसमा भेटघाटको कार्यक्रम राखिएको छ।

कार्यक्रम शिव मन्दिरमा सोमबार, १४ सेप्टेम्बर २०२६ का दिन बिहान ९:३० बजेदेखि सुरु हुनेछ। मन्दिरमा पूजाको व्यवस्था नि:शुल्क गरिएको छ। पूजा व्यवस्थापन समितिमा सरस्वती तिवारी, सुष्मा गुरुङ, अमिता बेलबासे र रिता गुरुङ रहेका छन्।

कार्यक्रमबारे थप जानकारी लिनका लागि अध्यक्ष हरि भट्टराई (०७८८६ ३२८७७६), सरस्वती तिवारी (०७८३२ ९४९२११), सुष्मा गुरुङ (०७९३९ ०६६७९७), पण्डित मधुसूदन सत्याल (०७३९१ ७७५८२५) र मन्दिरको कार्यालय (०७३७८ ६५१३३१) मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!