लन्डन । नेपालका चर्चित गायक बद्री पंगेनी र दुर्गेश थापा बेलायत आइपुगेका छन्।
शुक्रबार ११ सेप्टेम्बरमा लन्डनमा आयोजना हुने ‘तीज फर अ कज’मा सहभागी हुन गायकद्वय पंगेनी र थापा बुधबार साँझ लन्डनको हिथ्रो विमानस्थल ओर्लिएका हुन् । कलाकारद्धयलाई आयोजक मिलानोयर इभेन्ट्सका विप्लव रिमाल र प्रकाश रानाभाटले स्वागत गरे ।
इष्ट लन्डनको म्यानर पार्क स्टेसननजिकै अवस्थित प्रतिष्ठित भेन्यू ‘द रोयल रेजेन्सी’मा हुने कार्यक्रमका लागि गायिका समीक्षा अधिकारीले पनि प्रस्तुति दिनेछिन्।
गायकहरु पंगेनी र थापाले बेलायतवासी सबै नेपालीलाई कार्यक्रमको निम्तो दिएका छन् ।






