‘९औं मगर गट ट्यालेन्ट’ भव्य रूपमा आयोजना हुने, तयारी तीव्र

SHARE:

बेलायत – मगर युवा सङ्घ युके केन्द्रीय समितिको आयोजनामा बेलायतमा ९औं संस्करणको ‘मगर गट ट्यालेन्ट’ भव्य रूपमा सम्पन्न हुने भएको छ। नेपाली कला, संस्कृति र युवाहरूको छिपेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस बृहत् सांस्कृतिक तथा प्रतिस्पर्धात्मक कार्यक्रमको तयारी तीव्र पारिएको छ।

आगामी सेप्टेम्बर १९ शनिबारका दिन बेलायतको फेल्थामस्थित ब्रोवेल लेनस्थित स्प्रिङवेस्ट एकाडमीमा आयोजना हुने यस प्रतियोगितामा बेलायतका विभिन्न क्षेत्रबाट मगर समुदायका युवा तथा बालबालिकाहरूको उल्लेखनीय सहभागिता रहनेछ। कार्यक्रममा सांस्कृतिक नृत्य, गायन र विभिन्न सांगीतिक तथा कलात्मक प्रस्तुतिहरू रहने आयोजकले जनाएको छ।

टिकट तथा प्रवेश शुल्क:
कार्यक्रमका लागि अग्रिम टिकट लिनेहरूका लागि २५ पाउण्ड (£२५) र ढोकामा लिनेहरूका लागि ३० पाउण्ड (£३०) तोकिएको छ। उक्त टिकट मूल्यमा प्रवेशसँगै खानाको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।

सम्पर्क तथा टिकट व्यवस्थापन:
कार्यक्रमका लागि निम्न पदाधिकारीहरूसँग सम्पर्क गरेर टिकट लिन सकिनेछ:
दीपक थापा मैथाने (अध्यक्ष, मगर युवा सङ्घ युके): 07411 774082
करिमा थापा (वरिष्ठ उपाध्यक्ष, मगर युवा सङ्घ युके): 07895 888514
बिपना थापा (महासचिव, मगर युवा सङ्घ युके): 07429 619834

बेलायतमा रहेका सम्पूर्ण नेपाली समुदाय, कलाप्रेमी, बुद्धिजीवी तथा दर्शकहरूलाई उपस्थित भई युवा प्रतिभाहरूको हौसला बढाउन आयोजक मगर युवा सङ्घ युकेले हार्दिक अनुरोध गरेको छ। कार्यक्रमको सम्पूर्ण खर्च कटाएर रहेको रकम भोटेकोशी बाढी पिडितलाई हस्तान्तरण गरिने अध्यक्ष दीपक माइथाने मगरले जानकारी दिएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!