लन्डन । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि धादिङ–नुवाकोट समाज यूकेले सञ्चालन गरेको बाढी राहत कोष अभियानमा २३ लाखभन्दा बढी संकलन भएको छ ।
बाढी राहतका लागि शुक्रबारसम्म ११ हजार २६६ (नेपाली रुपैयाँ २३ लाखभन्दा बढी) संकलन भएको धादिङ-नुवाकोट समाज यूकेले जानकारी दिएको छ । समाजले सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
समाजले कठिन परिस्थितिमा राहत कोषमा सहयोग गरी नेपाल र बाढी प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउने सबै दाताहरूको योगदानप्रति धन्यवाद व्यक्त गरेको हो ।सहयोगबाट बाढीबाट प्रभावित परिवारलाई आवश्यक राहत तथा मानवीय सहायता उपलब्ध गराउन मद्दत पुग्ने समाजले जनाएको छ । सानोदेखि ठूलो सबै योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै समाजले दाताहरूको उदारता र सहयोगको प्रशंसा गरेको छ ।






