तामाङ समाज यूकेद्वारा बाढीपीडितका लागि ११ लाख २१ हजारभन्दा बढी सहयोग [नामावलीसहित]

SHARE:

लन्डन । तामाङ समाज यूकेले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ११ लाख २१ हजार रुपैयाँभन्दा बढी सहयोग नेपाल पठाएको छ।

समाजले बेलायतमा सञ्चालन गरेको राहत अभियानबाट संकलित ५ हजार ४४८ पाउन्ड अर्थात् ११ लाख २१ हजार ५७९ रुपैयाँ ७६ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको समाजका महासचिव रोज लामा दोङले जानकारी दिए ।

महासचिव दोङका अनुसार राहत अभियानमा ६९ जना दाताले सहयोग गरेका थिए। बाढीपीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको उनले बताए ।

समाजले राहत अभियानमा साथ र सहयोग गर्ने आफ्ना सदस्य, मित्र, शुभेच्छुक तथा सम्पूर्ण सहयोगदाताप्रति हार्दिक आभार व्यक्त गरेको छ।

नेपालमा २६ अगस्टमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणको काम अझै जारी रहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!