थकाली कल्याण समाज यूकेद्वारा नेपालका बाढीपीडितहरु १० लाख सहयोग

SHARE:

लन्डन । थकाली कल्याण समाज यूकेले नेपालका बाढीपीडितहरु १० लाख रुपैयाँ सहयोग गरेको छ ।

सहयोग रकमको चेक शनिबार विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई थकाली कल्याण समाज यूकेका उपाध्यक्ष केशर शेरचन, सल्लाहकार टंका तुलाचन तथा सदस्य नगेन्द्र गौचनले हस्तान्तरण गरेका हुन् । उक्त चेक प्रधानमन्त्री राहत कोषमा सोमबार जम्मा गरिने मन्त्री पुनले बताए ।

उनले नेपाल र विश्वभरिका थकाली समाजले अरु धेरै सहयोग पनि निकट भविष्यमा गर्ने विश्वास व्यक्त गरेका छन् । २६ अगस्टमा तिब्बत तर्फबाट भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लाका तटीय क्षेत्रमा व्यापक जनधनको क्षति भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!