बेलायतमा ‘राजेन्द्र केरुङ एकल साँझ २०२६’ आयोजना हुने

SHARE:

बेलायत – लिम्बू तथा नेपाली सङ्गीत क्षेत्रमा विगत १५ वर्षदेखि सक्रिय गायक, सङ्गीतकार तथा सञ्चारकर्मी राजेन्द्र केरुङको एकल साँभ बेलायतमा हुने भएको छ। ‘राजेन्द्र केरुङ एकल साँझ २०२६’ आगामी सनिवार ३ अक्टोबर २०२६ का दिन आयोजना हुने भएको हो।

किरात धर्म तथा साहित्य उत्थान संघ, प्रवासी समिति युकेको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो। बेलायतको आर्डफर्डस्थित क्रिष्ट चर्च कम्युनिटी हल आसफोर्डमा हुने यस कार्यक्रम दिउँसो ३:०० बजेदेखि राति ९:०० बजेसम्म सञ्चालन हुनेछ।

नेपाली संगीत प्रेमी दर्शकहरूलाई लक्षित गरी आयोजना गरिएको यस भव्य एकल साँझका लागि टिकट मूल्य १५ पाउण्ड तोकिएको छ। विगत डेढ दशकदेखि सङ्गीत र पत्रकारिताको माध्यमबाट नेपाली कला र संस्कृतिलाई जोगाउन संघर्षरत कलाकार केरुङको यस सांगीतिक प्रस्तुतिलाई सफल बनाउन आयोजक संस्थाले बेलायतवासी सम्पूर्ण संघसंस्था, कलाप्रेमी तथा दर्शकहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!