तमु लाम परिवार युकेको अध्यक्षमा रामचन्द्र गुरुङ (सुर्य) निर्वाचित

SHARE:

बेलायत – तमु लम परिवार यूकेको वार्षिक साधारण सभा तथा प्रथम महाधिवेशन हिजो शनिबार, १२ सेप्टेम्बर २०२६ को दि बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भव्यताका साथ सम्पन्न भएको छ।

महाधिवेशनले संस्थाको आगामी नेतृत्व चयन गर्दै रामचन्द्र गुरुङलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ। त्यस्तै, चेलीबेटी तथा आमा समूहको प्रमुखमा बिनु गुरुङ निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित अध्यक्ष रामचन्द्र गुरुङ, महिला प्रमुख बिनु गुरुङसहित सम्पूर्ण कार्यसमिति टिमलाई सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

नयाँ कार्यसमितिको यो चयनले तमु समुदायबीचको एकतालाई अझ प्रगाढ बनाउँदै संस्थाको गरिमा र हितमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!